Comments Add Comment

किम्फ २५ मंसिरमा सुरु हुने

१५ असोज, काठमाडौं । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २५ मंसिरबाट सुरु हुने भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा आयोजित महोत्सव २९ मंसिरसम्म सञ्चालन हुने आयोजक हिमाल एसोसियसनले जानकारी दिए ।

महोत्सवका लागि ६९ देशका ४२३ फिल्म प्राप्त भएका थिए । जसमध्ये २९ देशका ४८ चलचित्र प्रदर्शनका लागि छनौट भएको एसोसियनका कार्यकारी अध्यक्ष वसन्त थापाले जानकारी दिए ।

महोत्सवमा देखाइने मध्ये १७ वटा चलचित्र भने प्रतिस्पर्धामा छन् । पहिलो हुने चलचित्रले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रोले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

नव चलचित्रकर्मीलाई प्रोत्साहित गर्न ‘परिवर्तित नेपाल’ शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा पनि हुने किम्फका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार निर्णायक मण्डलमा नेपाल, पोल्याण्ड र कोरियाका चलचित्रकर्मी रहनेछन् ।

‘भोइसेस फ्रम द मार्जिन’ अवधारणा रहेको महोत्सवमा तस्वीर प्रदर्शनी, समुहमा छलफल, मास्टर क्लास सञ्चालन जस्ता कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment