Comments Add Comment

चार्डपर्वका बेला पहिरन छनोट गर्दा

दशैंको केही विशेषता छन् । जस्तो कि, यो पर्वको विशेष परिकार हो मासु । खासगरी खसीको पक्कु । भरपेट मीठो-मसिनो खाएपछि लिङ्गे पिङ खेलिन्छ । भनिन्छ, दशैंमा एकपटक भएपनि भुईँ छाड्नुपर्छ । यस्तै, अर्को मान्यता हो, नयाँ लुगा पनि । दशैंमा एकसरो नयाँ लुगा लगाउनुपर्छ भन्ने आम धारणा छ । यही धारणाको कारण यतिबेला पहिरनको बजार उत्कर्षमा पुग्ने गरेको छ । अतः नयाँ पहिरन खरिद गर्नुअघि के गर्ने ? कसरी सही पहिरन छनौट गर्ने ?

-चार्डपर्वको अवसर अथवा विवाहको मौसममा जर्जेट, सिफनजस्ता नरम  फेब्रिकमा गाढा रंगका साडी लगाउनुपर्छ ।

-कम्मरभन्दा तलको भाग मोटो छ भने शरीरलाई सन्तुलित लुक दिनका लागि सोल्डर प्याडको प्रयोग गर्न सकिन्छ ।

-एम्पायर लाइन, कलिदार कुर्तालेे पनि मोटो शरीरलाई लुकाउँछ ।

-परम्परागत तथा पाश्चात्य पहिरनको मिश्रण लगाउने इच्छा छ भने सिफन, जर्जेटजस्ता फेब्रिक भएका परम्परागत गाउन, अनारकली, ट्युनिक आदि पहिरन लगाउन सकिन्छ ।

-अत्याधुनिक लुकका लागि सिफन, जर्जेटको प्लेन स्कर्टका कोर्सेट लगाउनुपर्छ । कोर्सेटबाट शरीरलाई आकर्षक सेप प्रदान गर्न सकिन्छ ।

-कम्मरको भाग ठूलो छ भने लो नेकयुक्त पहिरन सुहाउँछ । यसका लागि ब्राको छनोटमा पनि ध्यान पुर्‍याउनु पर्छ । बजारमा उपलब्ध मिनिमाइजर ब्रा छनोट गर्न सकिन्छ ।

-चाडपर्वको अवसरमा हेभी पहिरन लगाउनु छ भने त्यस्तो पहिरन छनोट गर्नुपर्छ जसको तल्लो भागमा कलात्मक कार्य गरिएको हुनुपर्छ । यसो गर्दा शरीरको माथिल्लो भागमा अरूको ध्यान जाँदैन ।

कस्तो रंगका पहिरन लगाउने ?

-मोटोपन लुकाउन रंग अत्यन्त उपयोगी हुन्छ । पहिरन अनुसार सही रंग छनोट गरियो भने सहज रूपमा स्लिम देखिन सकिन्छ ।

-कालो, खैरो, हरियो, नीलो आदि गाढा रंगका पहिरन लगाउनुपर्छ ।

-मोटो शरीर भएका महिलाले गाढा रंगका पहिरन लगाउनुपर्छ तर हल्का  रंगका पहिरन लगाउनु छ भने लाइलेक, पिच आदि हल्का रंग छनोट गर्नुपर्छ । त्यसको इम्ब्रोइडरी भने गाढा रंगको हुनुपर्छ ।

-प्रिन्टेड आउटफिट एउटै रंगको हुनुपर्छ ।

-प्रिन्टेड पहिरनमा रुचि छ भने सानो पि्रन्ट, स्ट्राइफ अथवा चेक्स लगाउन सकिन्छ ।

-ठूलो र बोल्ड पि्रन्ट लगाउनु ठीक होइन, तीनमा तपाईं अझ मोटो देखिन सक्नुहुनेछ

मोटो शरीरलाई जिन्सको छनोट

-यदि तपाईंको कम्मर मोटो र हिप ठूलो छ भने लो टु मिड वेस्ट जिन्स उपयुक्त हुन्छ । त्यसमा कम्मर तथा हिप दुवै कम चौडा देखिन्छ । पेट ठूलो छ भने पनि यो जिन्स लगाउन सकिन्छ ।

-खुट्टा मोटो छ भने बुट-कट जिन्स लगाउन सकिन्छ । यो जिन्स माथिबाट फिट र तलबाट लुज र हल्का चौडा हुन्छ । जसमा मोटो खुट्टालाई परफेक्ट आकार प्राप्त हुन्छ । ठूलो हिप भएका महिलाहरुले पनि बुट-कट जिन्स लगाउन सक्छन् ।

-मोटोपनका कारण स्किनी जिन्स लगाउन सकिन्छ भने स्ट्रेट लेग जिन्स प्रयोग गर्न सकिन्छ । यो जिन्स ठूलो शरीर भएका महिलाहरुलाई सुहाउँछ ।

एसेसरिजको उचित छनोट

पहिरनका साथमा एसेसरिजको उचित छनोटले पनि तपाईंलाई स्लिम देखाउन सक्छ । ध्यान दिनु पर्ने केही कुराहरु ः

-अनुहार गोलो छ भने लामो इयरिङ र लामो नेकलेस लगाउनुपर्छ ।

-टप अथवा सानो आकारको इयरिङ लगाउनु हुँदैन । हेङ्गिङ इयरिङ बढी सुहाउँछ ।

-मोटा महिलाले धेरै सानो अथवा गोलो आकारका गर गहना लगाउनु हुँदैन ।

-गर्दन मोटो छ भने चोकर अथवा बन्द गला भएको गहना लगाउनु हुँदैन । त्यसले गर्दन अझ बढी मोटो देखिन्छ ।

कस्तो बेल्ट लगाउने ?

-स्लिम देखिनका लागि बेल्ट छनोट गर्दा ध्यान पुर्‍याउनुपर्छ र चौडा बेल्ट लगाउनु हुँदैन ।

-बेल्ट छनोट गर्दा सधैं स्किनिङ बेल्ट छनोट गर्नुपर्छ ।

कस्तो फुटवेयर राम्रो

-छालाको रंगसित मिल्ने फुटवेयरले स्लिम लुक प्रदान गर्छ ।

-वेज हिल्स स्यान्डलको साटो पेन्सिल हिल्स प्रयोग गर्नुपर्छ ।

-बुट तथा चौडा बेल्ट भएको फुटवेयर लगाउनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment