Comments Add Comment

सुस्त मनस्थिति भएकी युवतीको शव फेला, बलात्कारपछि हत्या भएको शंका

१७ असोज, जनकपुरधाम । महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवतीको शव फेला परेको छ ।

युवतीको शव गौशाला नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

मृतक गौशाला नगरपालिका-१० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् ।

महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले महिलाको टाउकोमा चोटहरु लागेकाले कसैले हत्या गरेको देखिएको बताए ।

बलात्कार भए नभएको बारे भने मेडिकल रिपोर्ट नआएसम्म तत्काल केही भन्न सक्ने अवस्था नभएको उनले बताए ।

‘मेडिकल रिपोर्ट आएपछि बलात्कार भएको हो, होइन भन्ने थाहा लाग्छ,’ उनले भने, ‘घट्नाको बाँकी अनुसन्धान शुरु गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment