Comments Add Comment

दशैंमा घर फर्किने चटारो (फोटो फिचर)

१६ असोज, काठमाडौं । नेपालीहरुको मुख्य पर्व वडादशैंले छोपिसकेको छ । काम विशेषले विभिन्न ठाउँमा पुगेका परिवारका सदस्यहरु एकठाउँमा भेला हुने, मिठोमसिनो खाने र विजया दशमीको दिन ठूलावडाबाट आर्शिवाद दिने गरिन्छ ।

परदेशीहरुको घर फिर्तीले आफन्तजनको अनुहार उज्यालिन्छ । त्यसैले यही अवसरमा फर्किन्छन् परदेशी र घरबाट टाढिएका विद्यार्थी, कर्मचारी र सर्वसाधारण खुसी लिएर ।

यसरी घर फर्किनेको भीड काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरुमा प्रशस्तै देखिन्छ । झोला र बालबच्चा बोकेका उनीहरुलाई भनेको बेला गाडी पाउने नपाउने चिन्ताले सताउँछ । अग्रिम बुकिङ बन्द भइसक्यो । गाडी पाइने नपाइने पत्तो छैन ।

बिहीबार विहान पश्चिम नेपाल प्रस्थान विन्दु कलंकी र पूर्वी नेपालका लागि छुट्ने कोटेश्वर सडकखण्डमा भेटिएका यात्रुहरुमा पनि यस्तै चिन्ता देखिन्थ्यो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment