Comments Add Comment

यस्तो गाउँ, जहाँ एक सय २५ रुपैयाँमा घर पाइन्छ

युरोपेली मुलुक इटालीमा गएर बस्ने कुरा हामी धेरैका लागि सपना जस्तै होला । तर यदि यो खबर पढ्नु भयो भने अवश्य पनि रोमाञ्चित हुनुहुनेछ। किनकी इटालीको सिसिलीको एक नगर परिषदले विदेशीहरुलाई त्यहाँ घरजम गर्न सघाउ पुर्‍याउने निकै गज्जबको कार्यक्रम अघि सारेको छ ।

उक्त अफर अनुसार त्यहाँ केवल १ युरो अर्थात् झण्डै १ सय २५ रुपैयाँ तिरेर घर खरिद गर्न सकिनेछ ।

सिसिलीको ग्रामीण इलाकामा पर्ने सम्बूका गाउँका अधिकारीहरुले लगातार घटिरहेको जनसंख्याको समस्या समाधानका लागि यस्तो विशेष योजनाको घोषणा गरेका हुन् ।

जस अनुसार मानिसहरुको बसाइँ सराइँसँगै खाली भएका घरहरुलाई अब १ युरोमा बेचिनेछ । पहिले निकै धेरै रहेको उक्त गाउँको जनसंख्या अहिले घटेर झण्डै ६ हजार रहेको छ ।

सम्बूका नगर परिषदले गाउँमा खाली रहेका घरहरु खरीद गरी एक युरोमा बेच्नेछ । विश्वभरका मानिसहरुलाई उक्त गाउँमा बसोबासका लागि आकर्षित गर्ने योजना नगरपरिषदको रहेको छ ।

अहिलेसम्म गाउँका ६० वटा घर बिक्री गरिएकोमा अधिकांस विदेशीहरुले खरीद गरेका अधिकारीहरुले जनाएका छन् । अझ त्यसमा लेखक, कलाकार, संगीतकार समेत घर किन्नेमा रहेका छन् । विश्वका विभिन्न देशका मानिसहरु गाउँमा आएर बसोबास गर्न सुरु गरेकोमा अधिकारीहरु मख्ख छन् ।

१ युरोमा घर किनिसकेपछि उक्त घरको मर्मतको खर्च भने नयाँ घरमालिकको नै हुनेछ । मर्मतका लागि ३ वर्षको समय दिइन्छ ।

बसोबास बढाउने सम्बूका गाउँका त्यो योजना इटालीका अन्य गाउँहरुले पनि पछ्याउन थालेको बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment