Comments Add Comment

पेरिसको प्रहरी मुख्यालयभित्रै चार प्रहरीको हत्या

१७ असोज, काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालय भित्र एक व्यक्तिले चक्कु प्रहार गरी चार प्रहरीको हत्या गरेका छन् । प्रहरीले आक्रमणकारीलाई पनि मारेको छ ।

आक्रमणकारी प्रहरी मुख्यालयकै कर्मचारी रहेको तर नाम नखुलाइएको बीबीसीले लेखेको छ । फ्रान्सका मिडियाका अनुसार करिब २० वर्षदेखि पेरिस पुलिस फोर्सको प्रशासनिक पदमा कार्यरत आक्रमणकारीको उमेर करिब ४५ थियो । उनले जासुसी विभागमा काम गर्दथे ।

घटनापछि सेन्ट्रल पेरिसस्थित इला डी ला क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ ।

आक्रमणपछि राष्ट्रपति इमानुयल म्याक्रो, प्रधानमन्त्री एडवर्ड फिलिप र गृहमन्त्री क्रिष्टोफर केस्टानेरले घटनास्थलको निरीक्षण गरेका छन् ।

फ्रान्सीसी ब्रोडकास्टर बीएफएमटीभीका अनुसार आक्रमणमा तीन पुरुष र एक महिला प्रहरीको मृत्यु भएको छ । एक व्यक्ति घाइते पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment