Comments Add Comment

रूपन्देहीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

१७ असोज, बुटवल । रूपन्देहीका छुट्टा–छुट्टै दुई सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलको नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुँदा  बुटवल–३, गोलपार्कका ४५ वर्षीय गणेश अधिकारीको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नम्बरको मोटरसाइकल नयाँगाउँको मिलनपार्क नजिक शुक्रबार बिहान अनियन्त्रित भएर पल्टिँदा अधिकारी गम्भीर घाइते भएका थिए । उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएकोमा त्यही शुक्रबार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

यस्तै, बुटवल मण्डप अगाडि मोटरसाइकलको ठक्करबाट अर्का एक जनाको ज्यान गएको छ । लु ४४ प ७६५६ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिंदा घाइते अन्दाजी ५५ वर्षीय पुरुषको ज्यान गएको हो । वडा प्रहरी कार्यालय रामनगर बुटवलका इन्स्पेक्टर हेम केसीका अनुसार ती पुरुषको सनाखन हुन बाँकी छ ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई अनुसन्धान भइरहेको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment