Comments Add Comment

तीन दिनमा १९ हजार खसी–बोका र च्यांग्रा काठमाडौं भित्रिए

१७ असोज, काठमाडौं । काठमाडौंका विभिन्न नाका भएर पछिल्लो तीन दिनमा १७ हजार बढी खसी, बोका भित्रिएको छ । पशु सेवा विभागका अनुसार निजी स्तरबाट खसी बोका, भेडा, च्यांग्रा तथा राँगा भैंसी केही दिनदेखि उपत्यकामा भित्रिइरहेका छन् ।

असोज १३ देखि १६ गतेसम्म १७ हजार ३५९ खसी बोका, ११ सय ९९ वटा गोटा च्यांग्रा, १४६ गोटा भेंडा, ५२० गोटा राँगा/भैंसी तीन दिनमा काठमाडौं भित्रिएको विभागका वरिष्ठ भेटनरी अधिकृत डा.मोदनाथ गौतमले जानकारी दिए ।

गौतमकाअनुसार दशैंका लागि भित्रिएका ती पशुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

यसअघि असोज १३ गते २५ सय ४१ वटा खसी बोका काठमाडौं भित्रिएका थिए भने ८८ च्यांग्रा र ४२ राँगा भैंसी उपत्यका ल्याइएको थियो ।

यस्तै, १४ असोजमा ३५ सय ४७ खसी बोका, १२३ च्याग्रा, ४ वटा भेंडा र १२३ राँगा तथा भैंसी, असोज १५ मा ५२ सय २४ खसी–बोका, १२१६ च्यांग्रा, ८ वटा भेंडा र २९६ राँगा तथा भैंसी निजी व्यवसायीले काठमाडौ भित्र्याएको विभागले जनाएको छ ।

असोज १६ गते भने ६ हजार ४७ वटा खसी–बोका, ५७२ च्यांग्रा, १३४ वटा भेंडा र ५९ वटा राँगा तथा भैंसी काठमाडौं ल्याइएको रेकर्ड छ । थानकोट, बालाजु, लोकन्थली, सल्लाघारी, चल्नाखेल, चोभार क्षेत्र भएर ती पशु उपत्यका ल्याइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment