Comments Add Comment

सेवाग्राहीबाट २० हजार घुस लिने दुई प्रहरी पक्राउ

१७ असोज, कैलाली । कैलालीमा सेवाग्राहीबाट घुस लिँदै गर्दा सशस्त्र प्रहरी बलका दुई कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले भजनी नगरपालिका–१ बाट सशस्त्र प्रहरी सहायक हवल्दार र जवानलाई पक्राउ गरेको हो ।

अख्तियार महेन्द्रनगरका निमित्त प्रमुख प्रेम बस्नेतले सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सहायक हवल्दार ज्ञान बहादुर चौधरी र जवान रतीराम चौधरीलाई घुस रकमसहित पक्राउ गरेको जानकारी दिए ।

उनीहरुले भारतबाट आउने समानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट २० हजार घुस लिएको बस्नेतले जनाए ।

यो पनि पढ्नुहोस अपराधमा बर्दीधारी : भगौडादेखि बहालवालासम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment