Comments Add Comment

आइफोन ११ को माग उच्च, १० प्रतिशतले बढ्यो उत्पादन

एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजका स्मार्टफोनहरुलाई प्रयोगकर्ताहरुले रुचाएका छन् ।

अपेक्षाभन्दा बढी सकारात्मक प्रतिक्रिया मिलेसँगै एप्पलले आइफोन ११ को उत्पादन १० प्रतिशतले बढाएको छ ।

आइफोन ११ को माग उच्च हुनुमा यसको मूल्य एउटा कारण हुनसक्छ । आइफोन ११ को मूल्य आइफोन १० को भन्दा कम छ । एप्पलले आफ्नो इतिहासमै पहिलोपटक पूरानो मोडेल भन्दा कम मूल्यको नयाँ मोडलको आइफोन सार्वजनिक गरेको थियो यो पटक । सोही कारण पनि आइफोन ११ प्रति उपभोक्ताहरु आकर्षित भएका हुन् ।

उत्पादनमा वृद्धि गरेसँगै अब एप्पलले ८० लाख गोटा आइफोन ११ बनाउनेछ ।

एप्पलले गत सेप्टेम्बरमा आइफोन ११ स्मार्टफोन लञ्च गरेको थियो । उक्त सिरिजमा आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स गरी तीनवटा आइफोन रहेका छन् ।

यी सबै आइफोन ए १३ बायोनिक चिपसेटयुक्त रहेका छन् । तथापि स्क्रिन साइज र क्यामरा सेटअप भने मोडेल अनुसार फरक छ । आइफोन ११ मा ६.१ इन्चको रेटिना डिस्प्ले रहेको छ भने आइफोन ११ प्रो मा ५.८ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । त्यस्तै आइफोन ११ प्रो म्याक्समा चाहीँ ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment