Comments Add Comment

उल्फ्ससँग सिटीको अप्रत्यासित हार

काठमाडौं । च्याम्पियन म्यानचेष्टर सिटीले उल्फ्ससँग प्रिमियर लिगमा अप्रत्यासित हार व्यहारेको छ । र, लिग लिडर लिभरपुलसँग ८ अंकले पछाडि परेको छ ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा म्यानचेष्टर सिटीले खेलको अन्त्यतिर दुई गोल खाएको हो । दुबै गोल एडमा ट्राओरेले गरे । ८० औं मिनेटमा उल्फ्सलाई अग्रता दिलाएका उनले इन्जुरी टाइममा जित सुनिश्चित गरेका हुन् ।

दोस्रो हाफमा सिटीका डेभिड सिल्भाको प्रहार बारमा लागेको थियो भने राहम स्टर्लिङले राम्रो मौका गुमाए । सिटीले लिगको पछिल्लो ४५ खेलमा पहिलो पटक गोल गर्न सकेन । यसअघि २०१८ मे मा हडर्सफिल्डविरुद्ध गोल गर्न सकेको थिएन ।

हारपछि सिटी लिग लिडर लिभरपुलभन्दा ८ अंकले पछाडि परेको छ । लिभरपुलको ८ खेलबाट २४ अंक छ भने सिटी १६ अंकका साथ दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment