Comments Add Comment

हिगुइनको गोलसँगै युभेन्टसले इन्टर मिलानलाई हरायो

काठमाडौं । सब्सिच्युट गोन्जालो हिगुइनको गोलसँगै युभेन्टसले इन्टर मिलानलाई हराएको छ र इटालियन लिग सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई २–१ गोल अन्तरले हराएको हो ।

लिगको शीर्ष स्थानमा रहने होडमा रहेका दुई क्लबको यो खेल यसकारण पनि महत्वपूर्ण थियो कि एन्टोनियो कोन्टे मौरिसियो सारी चेल्सीबाट बाहिरिएपछि पहिलो पटक एकआपसमा भिडेका थिए ।

इन्टरको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले चौथो मिनेटमा नै डिबालाको गोलबाट अग्रता लिएको थियो ।

तर १८ औं मिनेटमा पाएको पेनाल्टीमा इन्टर मिलानका मार्टिनेजले बराबरी गोल गरे । म्याथुज डि लिग्टको ह्याण्डबलमा घरेलु टोलीले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफको ८० औं मिनेटमा हिगुइनले गोल गरेपछि युभेन्टस महत्वपूर्ण तीन अंक हात पार्न सफल भयो ।

यससँगै उसको ७ खेलबाट १९ अंक भएको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको भने १८ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment