Comments Add Comment

को थिए महिषासुर ? यस्तो छ उनको कथा

भनिन्छ, माताको गण अदृश्य रुपमा बिद्यमान हुन्छन् । उनका गणहरुमा भैरव र भैरवी प्रमुख छन् । माता दुर्गाको अगाडि हनुमान र पछाडि भैरवको सवारी हुन्छ ।

महिषासुर एक असुर थिए । महिषासुरका पिता रंभ असुरहरुका राजा थिए, जसले एक पटक जलमा बस्ने एउटा भैंसीसँग प्रेम गरेका थिए, जसको योगले महिषासुरको आगमन भएको थियो । महिषासुर आफ्नो इच्छा अनुसार भैंसी र मानिसको रुप धारण गर्न सक्दथे ।

 महिषासुरलाई वरदान प्राप्त थियो

महिषासुर सृष्टिकर्ता ब्रम्हाका महान भक्त थिए र कुनै पनि देवता अथवा दानवले उनीमाथि विजय प्राप्त गर्न सक्दैन भनेर ब्रम्हाजीले उनलाई वरदान दिएका थिए । महिषासुरले बिस्तारै स्वर्ग लोकका देवताहरुलाई दु:ख दिन थाले र पृथ्वीमा पनि विध्वंश मचाउन थाले । एक पटक महिषासुरले स्वर्गमा अचानक आक्रमण गरे र इन्द्रलाई परास्त गरेर स्वर्गमा अधिकार जमाए ।

त्यसपछि समस्त देवताहरुलाई भगाइदिए । देवगण दु:खी भएर त्रिमूर्ति ब्रम्हा, विष्णु र महेश्वरकहाँ सहायता माग्न गए । समस्त देवताहरुका मिलेर पुन: एक पटक महिषासुरलाई परास्त गर्नको लागि युद्ध गरे । तर, देवताहरुको फेरि हार भयो ।

 महिषासुर मर्दिनी

देवता सर्वशक्तिमान हुन्छन् । तर, उनको शक्तिलाई समय–समयमा दानवहरुले चुनौती दिएका छन् । कथा अनुसार दैत्यराज महिषासुरले त देवताहरुलाई हराएर स्वर्गमा अधिकार पनि जमाएका थिए । उनको अत्याचार चरम सीमामा पुगेकाले देवी–भगवतीले जन्म लिनुपरेको थियो । पछि उनको यो रुपलाई महिषासुर मर्दिनी भनिन थाल्यो ।

 देवताहरुको तेज

देवताहरुलाई महिषासुरको प्रयोगले पृथ्वीमा विचरण गर्न परेको छ । भगवान विष्णु र भगवान शिव अत्याधिक क्रोधले भरिए । त्यही समयमा ब्रम्हा, विष्णु र शिवको मुखबाट क्रोधका कारण एउटा महान तेज प्रकट भयो ।

अन्य देवताहरुको शरीरबाट पनि एउटा तेजिलो शक्ति मिसिएर त्यो तेजमा एकाकार भयो । यो तेजिलो शक्ति एउटा पहाड समान थियो । यसको ज्वालाहरु दश दिशाहरुमा व्याप्त हुन थाल्यो । यो तेजपुञ्ज समस्त देवताहरुको शरीरबाट प्रकट भएकाले छुट्टै स्वरुप लिएको थियो ।

 महिषासुर अन्त्यको लागि भएको थियो उत्पत्ति

भगवती देवीको उत्पत्ति महिषासुरको अन्त्यको लागि भएको थियो । त्यसैले यिनलाई महिषासुर मर्दिनी भन्ने गरिन्छ । समस्त देवताहरुको तेज पुञ्जबाट प्रकट भएकी देवीलाई देखेर पीडित देवताहरुको प्रसन्नताको सीमा रहेन । भगवान शिवले त्रिशुल देवीलाई दिए ।

भगवान विष्णुले पनि चक्र देवीलाई प्रदान गरे । यस प्रकार सबै देवी–देवताहरुले अनेक प्रकारका शस्त्र–अस्त्र देवीको हात सजाइदिए । इन्द्रले आफ्नो बज्र र ऐरावत हात्तीबाट निकालेर एउटा घण्टा देवीलाई दिए ।

सूर्यले आफ्नो किरणहरुको तेजले भरिएको ढाल, तलवार र दिब्य सिंह अर्थात् सिंहको सवारीको लागि यी देवीको लागि अर्पित गरिदिए । विश्वकर्माले विभिन्न अभेद्य कवच र अस्त्र दिएर महिषासुर मर्दिनीलाई सबै प्रकारको अस्त्रहरुले शोभित गरिदिए ।

 महिषासुरसँगको युद्ध

केही समयपछि एउटी विशालकाय रुपवान स्त्री, धेरै हातहरु भएकी र शस्त्र–अस्त्रले सज्जित भएर सिंहमा बसेर युद्धको लागि आइरहेकी महिषासुरले देख्यो । महिषासुरका सेनाको सेनापति अगाडि बढेर देवीसँग युद्ध गर्न थाल्यो ।

उदग्र नामक महादैत्य पनि ६० हजार राक्षसहरुलाई लिएर देवीसँग युद्ध गर्न अगाडि बढ्यो । महाहनु नामक दैत्य एक करोड सैनिकहरुसँग अशीलोमा दैत्य पाँच करोड र बास्कल नामक राक्षस ६० लाख सैनिकहरुका साथ युद्धमा होमिए ।

समस्त देवता यो महायुद्धलाई कौतुहलका साथ हेरिरहेका थिए । दानवहरुका समस्त शस्त्र–अस्त्र देवीको अगाडि कमजोर साबित भईरहेको थियो । तर, देवी भगवतीले आफ्नो शस्त्रले सबै राक्षसहरुको सेनालाई तहस–नहस गर्न थालिन् ।

त्यो युद्धमा महिषासुरको बधसँगै अन्य दैत्य पनि मारिए । ती सबै दानवहरुले तीन लोकमा नै आतंक फैलाएका थिए । महिषासुर लगायत समस्त दानवहरु मारिएकाले सबै देवी–देवताहरु प्रसन्न भएर आकाशबाट फूलको वर्षा गर्न थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment