Comments Add Comment

प्रधानमन्त्रीले बुबाको हातबाट लगाए दशैंको टीका

२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका लगाएका छन् ।

मंगलबार दिउँसो साढे २ बजे ओलीलाई बुबाले बालुवाटारस्थित निवासमै पुगेर टीका लगाइदिएका हुन् । आफूले टीका लगाएपछि ओलीले प्रधानमन्त्री पत्नी राधिकालाई टीका लगाइदिएका थिए ।

अब केहीवेरमा नेता, मन्त्री, सांसद, विशिष्ट श्रेणीका कर्मचारी, सर्वसाधारण लगायतलाई टीका लगाइदिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment