Comments Add Comment

हरेक दिन बिहेको पहिरन लगाउने महिला

बिहेको दिन आ आफ्नो परम्परा अनुसारको पहिरन लगाउने चलन हुन्छ । पश्चिमा समाजमा बेहुलीहरुले बिहेको दिन गाउन लगाउँछन् प्रायः । वेडिङ गाउनले बिहेमा विशेष महत्व राख्दछ । तर अष्ट्रेलियाकी एकजना महिलाले चाहीँ हरेक दिन नै बिहेको पहिरन लगाउने गरेकी छिन् ।

जिमखाना होस् वा रंगशाला होस् अनि माछा मार्न जाँदा होस् वा अरु नै काम गर्दा किन नहोस् उनले सधै वेडिङ ड्रेस लगाउने गर्दछिन् ।

ती महिलाको नाम टेमी हल हो । उनी वातावरणविद हुन् । ४३ वर्षकी हलले हरेक दिन बिहेको पहिरन लगाउनुको खास कारण चाहीँ छ । जुन निकै अर्थपूर्ण र प्रेरणादायी छ ।

वास्तवमा ती महिलाले भारत आउँदा गरेको एउटा अनुभुतिका कारण यसो गरेकी रहेछिन् ।

सन् २०१६ मा घुम्नका लागि भारत आएकी थिइन् उनी । त्यतिबेला उनलाई आफुले कपडा तथा जुत्ताचप्पलमा निकै ठूलो रकम खर्च गर्ने गरेको महसुस भयो ।

उनी केहीदिन पछि अष्ट्रेलिया फर्किइन् । फर्किँदाखेरी उनले अबदेखिन् फाल्तू चिजमा पैसा खर्च नगर्ने प्रतिज्ञा गरिन्।

यसैबीचमा सन् २०१८ मा उनको बिहे तय भयो । उनले बिहेका लागि भनेर झण्डै डेढ लाख रुपैयाँजति मूल्य पर्ने ड्रेस किनिन् ।

उनले त्यो पहिरन बिहेको दिनमा त लगाइन् नै तर यतिधेरै पैसामा किनेको कपडा केवल बिहेको एकदिन मात्र लगाएर थन्काउन उनको मनले मानेन । उनी उक्त कपडा नच्यातिउन्जेल लगाउने निधो गरिन् र हरेक दिन लगाउन थालेकी हुन् ।

अचेल बिहेको पहिरन लगाएर बाहिर निस्किँदा मानिसहरुले मुखामुख गर्ने गरेको उनको अनुभव छ । तर त्यसले आफुलाई कुनै फरक नपर्ने भन्दै उनले हरेक दिन बिहेको पहिरन लगाउन मन पर्ने बताउँछिन् । आगामी छुट्टीमा त्यहीँ बिहेको पहिरन लगाएर आफु आफ्नो पतिसँग कतै घुम्न जाने उनको योजना छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment