Comments Add Comment

कावासोतीको डण्डामा सवारी दुर्घटना, एकको मृत्यु

२३ असोज, नवलपरासी । नवलपरासीको कावासोती १६ डण्डामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पश्चिमका लागि छुटेको ना ७ ख ५८१५ नं. को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्बरको बलेरो ठक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बलेरो चालक नवलपरासीको साविक जमुनिया गाविस ४ निवासी २५ बर्षीय बलिराम सुनारको मृत्यु भएको छ ।

दुर्घटनापछि उनी बोलेरोभित्रै च्यापिएका थिए । राति साढे १०ः३० बजे दुर्घटना भएको भएपनि राति सवा १ बजेतिर मात्र शव निकालिएको घटनास्थलमा खटिएका ट्राफिक प्रेम श्रेष्ठले बताए ।

दुर्घटनामा बेलेरोमा रहेको एक जना, बस चालक र बसका एक जना महिला यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment