Comments Add Comment

क्युएफएक्स चेनमा ‘छ माया छपक्कै’लाई ४२ शो

यस साताको शुक्रबार अर्थात् असोज २४ गते चलचित्र ‘छ माया छपक्कै’ रिलिज हुँदैछ । वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको यस चलचित्रले क्युएफएक्स चेनमा उत्साहजनक शो पाएको छ । यस चलचित्रले काठमाडौंभित्र मात्र २२ र काठमाडौं बाहिर २० शो पाएको छ ।

चलचित्र हेर्ने टिकट बुकिङ बुधबारदेखि नै खुलिसकेको छ । चलचित्रको बुकिङ पनि निकै आक्रमक देखिएको छ । काठमाडौंका अधिकांश शोहरु फिलिङ फास्टमा रहेका छन् भने चितवन नारायणघाटको ४ शो पनि फिलिङ फास्टमा रहेको छ ।

छक्कापञ्जा टिमले नै यस चलचित्रलाई निर्माण गरेको हुनाले पनि दर्शकले यस चलचित्रलाई निकै प्रतिक्षा गरिरहेका छन् । कमेडी जनरामा नै निर्माण भएको यस चलचित्रलाई निर्देशन भने दीपेन्द्र लामाले गरेका छन् । चलचित्रको कथा पनि निर्देशक लामाले नै तयार गरेका हुन् ।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment