Comments Add Comment

अपहरणमा परेकी किशोरीको उद्धार, तीन जना पक्राउ

२३ असोज, जनकपुरधाम । उदयपुरकी एक किशोरीलाई अपहरण गरी भारततर्फ लैजान खोज्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । अपहरित किशोरीको उद्धार गर्दै प्रहरीले तीन जना अपहरणकारीलाई सिरहाबाट नियन्त्रणमा लिएको छ ।

सिरहाकै लहानस्थित दुर्गा मन्दिरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम हेरेर बिहीबार बिहान ३ बजेतिर घरतर्फ जाँदै गरेकी १६ बर्षीया किशोरीलाई भारतीय नम्बर प्लेटको गाडीमा राखेर लगिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बीआर ३२प ४२६२ नम्बरको स्कोरपियोमा राखेर लैजाँदै गर्दा सिरहा नगरपालिका ९ बाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका ९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र वडा नम्बर ८ निवासी २२ वर्षीय नथुनी भनिने चतुरानन्द यादव छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकर सम्मेलन गरी सार्वजनिक गरेको छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी अपिलराज बोहराले अपहरणमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको बताए ।

अपहरणकारीहरुको साथबाट लागूऔषध नेट्रोभेट ट्याब्लेट ३ सय थान, आठ राउण्ड गोली, एक थान पर्स र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment