Comments Add Comment

साउदीको रहस्यमय खाडल, जुन कहिल्यै पुरिँदैन

दुनियामा केही यस्ता रहस्यहरु हुन्छन्, जसका बारेमा थाहा पाउँदा जो कोहीपनि आश्चर्यमा पर्दछ ।

साउदी अरबमा पनि एउटा यस्तै रहस्यमय ठाउँ छ। उत्तरी साउदीको अल जफ प्रान्तस्थित मरुभूमिमा एउटा यस्तो रहस्यमय खाडल छ, जुन कहिल्यैपनि पुरिँदैन ।

केही वर्षअघि उक्त खाडलको बारेमा एउटा भिडियो समेत भाइरल बनेको थियो । जसमा दाबी गरिएको थियो कि उक्त खाडलमा जे चिज हालेपनि आफै बाहिर निस्किन्छ । भिडियोमा त्यसलाई प्रकृतिको चमत्कार दाबी गरिएको थियो ।

डोजरले खाडलभित्र हालेको बालुवा तथा माटो आफसेआफ बाहिर उडिरहेको देखिन्थ्यो ।

अल जफको मरुभूमि एक लाख वर्ग किलोमिटर भन्दा ठूलो छ । त्यहाँ अत्यन्तै गर्मी हुनुका साथै नगन्य वर्षा हुन्छ ।

वैज्ञानिकहरुका अनुसार उक्त भिमकाय खाडलमा ब्लो होल अर्थात् वायुको झोक्कायुक्त भौगर्भिक प्रक्रिया रहृेको हुनसक्छ । यसलाई प्राकृतिक भ्याकुम पनि भनिन्छ । मरुभूमिमा त्यस्ता स साना ब्लो होलहरु धेरै हुने गर्दछन् । जसमा केही चिज हाल्दा हावाको चापले बाहिरै फ्याँकिदिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment