Comments Add Comment

४ सय ४० जोर चप्पलले किन घर सजाए यी कलाकारले ?

विरोध जनाउने, समर्थन गर्ने, श्रद्धाञ्जली दिने, खुसी मनाउने तरिकाहरु पनि कहिलेकाहीँ निकै अनौठा खालका हुन्छन् । कलाकारहरुको कुरा गर्ने हो भने कलात्मक तथा प्रतिकात्मक ढंगले यस्ता क्रियाकलाप गर्दछन्। टर्कीमा हालै एकजना कलाकारले हिंसामा परी ज्यान गुमाएका महिलाहरुलाई श्रद्धाञ्जली दिन अनौठो कलाको सहारा लिएका छन् ।

राजधानी स्तानबुलको व्यस्त सडक किनारामा रहेको एउटा घरको बाहिरी भित्तामा ४ सय ४० जोर लेडिज स्याण्डिल कलात्मक ढंगले टाँसेका छन् टर्किस कलाकार वाहित टूनाले ।

उनले घरको भित्तामा ४ सय ४० जोर महिलाले लगाउने चप्पल टाँस्नुको विशेष कारण छ । त्यो के भने सन् २०१८ मा टर्कीमा घरेलु हिंसा तथा यौन हिंसामा परी ४ सय ४० जना महिलाले ज्यान गुमाएका थिए ।

मृतक व्यक्तिको सम्झना घरको ढोका वा भित्तामा मृतकका जुत्ताचप्पल झुण्डाउने परम्परा टर्कीमा रहँदै आएको छ । सोही परम्परालाई कलाकार टूनाले एकमुष्ट रुपमा आफ्नो कलाकारिता मार्फत प्रस्तुत गरेका हुन् ।

महिला हिंसालाई खुल्ला घाउबाट रक्तश्राव भैरहेको अवस्थासँग तुलना गर्दै उनले मानिसहरुले यसको पीडा प्रत्यक्ष रुपमा भोगिरहेको बताए । आफुले मृतक महिलाहरुको सम्झनामा चप्पल टाँसेर बनाएको स्मारकले मानिसहरुमा जागरुकता पैदा गर्ने र महिलामाथि हिंसा गर्नुअघि एकपटक सोँच्न बाध्य पार्ने उनको दाबी छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment