Comments Add Comment

साहुको नाडीबाटै कसरी चोरियो साढे ९ करोडको घडी ?

फ्रान्सको राजधानी पेरिसमा एक निकै अनौठो घटना भएको छ । एकजना व्यापारीको नाडीमा बानेकै अवस्थामा चोरले झण्डै साढे ९ करोड रुपैयाँ मूल्य पर्ने घडी चोरेको छ ।

हिरा जडित उक्त बहुमूल्य घडी जापानी व्यापारीको नाडीमा बाँधेकै बेला चोरले चोरी गरेको हो । घडी हेर्ने बहानामा नजिक आएको सो चोरले जोडसँग तानेर चेन छिनाली घडी चोरेर भागेको हो ।

पुलिसका अनुसार पेरिसस्थित पाँचतारे नेपोलियन होटलबाट बाहिर निस्किने क्रममा ती जापानी व्यापारीसँग चुरोट माग्ने बहानामा उक्त चोर उनको नजिक गएको थियो । जब उनले चुरोट निकालेर दिन लागेका थिए तब त्यो चोरले उनको हातको घडी जोडसँग छिनालेर भाग्यो ।

प्रहरीले सिसिटीभी फुटेको आधारमा चोरको खोजी गरिरहेको बताएको छ । चोरले चोरेको उक्त घडी रिचर्ड माइलको टूरबिलियन डायमण्ड टि्वस्टर घडी हो ।

स्मरण रहोस् महंगो मूल्यका घडीहरु चोरी हुने घटना प|mान्समा सामान्य हो । त्यहाँको खुल्ला बजारमा रोलेक्स तथा कार्टिएर ब्राण्डका चोरीका घडीहरु खुलमखुल्ला बेचिन्छन् । यो वर्ष ब्राण्डेड घडी चोरीका घटनामा २८ प्रतिशतले वृद्धि भएको छ । यस्तो चोरीमा रुसी तथा इटालियन डाँका समूहहरु समेत संलग्न हुने गरेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment