Comments Add Comment

तस्वीरमा राष्ट्रपति सीको नेपाल दौडाह

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङकोे नेपाल बसाई निकै व्यस्त रह्यो ।

शनिबार अपराह्न काठमाडौंमा ओलिँदा भब्य स्वागत पाएका उनी सिधै सोल्टी होटल पुगे । नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास आए र रात्रीभोजका लागि फेरि होटलमा पुगे । त्यहाँ दुबै राष्ट्रपतिले सम्बोधन गरे ।

भोलिपल्ट आइतबार पनि राष्ट्रपति सी उच्चस्तरीय राजनीतिक भेटवार्ताहरुमा व्यस्त रहे । विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरुलाई भेटेका उनी त्यसपछि नेपाल–चीन प्रतिनिधिमण्डल स्तरको वार्तामा सहभागी भए ।

सीकै उपस्थितिमा दुई देशबीच २० वटा सहमति तथा सम्झौताको हस्ताक्षर भयो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टै वार्ता गरेका उनी विमानस्थल पुगे, जहाँ विदाई गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु लगायत उपस्थित थिए ।

शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेका सी करिब २ बजेर १५ मिनेटमा स्वदेश फिर्ता भएका थिए ।

सीको नेपाल बसाईका केही तस्वीरहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ सवार विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दै । यसअघि दुई विमान आएको थियो ।
राष्टपति सीलाई स्वागत गर्न नेपाली समकक्षी विद्यादेवी भण्डारी आफैं विमानस्थलमा पुगेकी थिइन् ।
सीलाई विमानस्थलमा पञ्चकन्याले स्वागत गरे । तर पञ्चकन्याले दिएको माला के गर्ने भन्नेमा चिनियाँ राष्ट्रपति अलमलमा परे झैँ देखियो ।

 

 

चिनियाँ राष्टपति सीलाई गार्ड अफर अनरको सम्मान दिँदै नेपाली सेना ।
सी सवारी अगाडि खाली गराइएको सडक
चिनियाँ राष्ट्रपतिको सवारी
आफ्नो सम्मानमा राखेको रात्रीभोजलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी । उनीभन्दा अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी थिइन् ।
रात्रीभोजमा चिनियाँ राष्टपति सी र प्रधानमन्त्री केपी शर्मा ओली
नेपाल र चीनबीच प्रतिनिधिमण्डल स्तरमा भएको वार्ता । नेपाली पक्षको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ पक्षको नेतृत्व राष्ट्रपति सीले गरेका थिए ।
नेपाल र चीनबीच आइतबार नै २० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भयो । त्यसपछि समारोहबाट बाहिरिँदै राष्ट्रपति सी र प्रधानमन्त्री ओली ।
चिनियाँ राष्ट्रपतिको विदाइका लागि सडकमा बसेका सर्वसाधारण ।
चिनियाँ राष्ट्रपतिले नेपाल छाड्नुअघि विमानस्थलमा विद्या भण्डारी र सी ।
चिनियाँ राष्ट्रपति सवार विमान नेपाली भूमि छाड्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment