Comments Add Comment

विश्वको पहिलो उपन्यासको पाण्डुलिपि भेटियो

उपन्यास अर्थात् साहित्य लेखनको इतिहास लामो छ । दुनियाँका धेरै उपन्यासहरू सयौं वर्षअघिसमेत लेखिएका छन् । सदियौं अघिका ती कृतिमध्ये अधिकांशका प्रथम हस्तलिखित संस्करण अर्थात् पाण्डुलिपि छैनन् र केवल प्रकाशित प्रतिलिपि मात्र छन् । तर विश्वको पहिलो उपन्यासको हराएको पाण्डुलिपिको एउटा पाना फेला परेको छ ।

विश्वको पहिलो उपन्यास मानिने द टेल अफ जेन्जीको हराएको हस्तलिखित भाग फेला परेको हो ।

भेटिएको पाण्डुलिपि उपन्यासको पाँचौं खण्ड हो । जापानको टोकियोमा यो हस्तलिखित पाण्डुलिपि फेला परेको हो । स्थानीय मोटोफुयु ओकाचीको घरमा रहेको ट्वाइलेट कोठामा यो उपन्यासको हस्तलिखित पानाहरु फेला परेका हुन् ।

मुरासिकी शिकिबु नामकी लेखिकाले दशौं शताब्दीमा उक्त उपन्यास लेखेकी थिइन् । सो उपन्यास मिकवा योशिदा डोमेन वंशका जापानी सम्राटका छोरा जेन्जीको जीवनमा आधारित छ । कुल ५४ अध्याय रहेको उक्त उपन्यास दशौं र एघारौं शताब्दीको बीचमा लेखिएको हो । यसमा जेन्जीको युद्ध कौशल, राजनीतिक तथा रोमान्टिक जीवनको वर्णन छ ।

यो उपन्यासको पाण्डुलिपि जुन व्यक्तिको ट्वाइलेट कोठामा फेला पर्यो उनको परिवारको सम्बन्ध मिकवा योशिदा डोमेन वंशसँग रहेको बताइन्छ । यो उपन्यासको सबैभन्दा पुरानो संस्करणलाई कवी फुजिवारा टिकाले पुनः लेखेका थिए । सन् १२४१ मा उनको मृत्यु भयो ।

यो उपन्यासमा जेन्जी र एक महिलाबीचको प्रेमको कथा पनि छ । हालै फेला परेको पाँचौं अध्यायमा प्रेमिकाबाट पत्नी बनिसकेपछि मुरासाकी नामकी महिलाले धोकापूर्ण तरिकाले जेन्जीको हत्या गरेको कथा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment