Comments Add Comment

नेप्से परिसूचक ५ अंकले वृद्धि

२८ असोज, काठमाडौं । सोमबार दोहारो अंकले ओरालो लागेको सेयर बजार बुधबार भने सुधार आएको छ । १२ अंक बढीले सोमबार ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५ दशमलव ०८ अंकले सुधार आएको हो ।

योसँगै नेप्से परिसूचक १ हजार १ सय ४२ दशमलव ०४ अंकमा उक्लिएको छ । नेप्से परिसूचकमा सुधार भए पनि कारोबार रकममा उल्लास देखिएन ।

दिनभएर भएका २ हजार ८ सय १० कारोबारबाट १५१ कम्पनीका ७ लाख ६५ हजार ८ सय ९७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २२ करोड २४ लाख ५२ हजार ७८ रुपैयाँ भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

बुधबारसम्मको सेयर बजारको पुँजीकरण भने १४ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ । कारोबार रकमका आधारमा बुधबार सिद्धार्थ बैंक पहिलो नम्बरमा देखिएको छ ।

सिद्धार्थ बैंकको ४ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने सेयर मूल्य पनि एक रुपैयाँले सुधार भएर ३ सय ३८ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment