Comments Add Comment

हारबाट जोगियो भारत

Photo Credit : एएफसी

२९ असोज, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणमा बंगलादेशले भारतसँग १–१ गोलको बराबरी खेलेको छ ।

मंगलबार राति कोलकत्तामा समूह ‘ई’ को खेलमा बंगलादेश अन्तिम समयमा चुक्दा घरेलु टोली भारतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न पुग्यो । बंगलादेशका लागि सद उद्यिनले गोल गरेका थिए । भारतका लागि एदिल खानले गोल गरे ।

पहिलो हाफमै लिएको अग्रता जोगाउन नसक्दा बंगलादेशले अंक बाँड्न पुग्यो । खेलको ४२ औं मिनेटमा बंगलादेशका लागि उद्यिनले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ८८ औं मिनेटमा भारतका लागि एदिलले गोल गर्दै १–१ गोलको बराबरी दिलाए ।

यो बराबरीसँगै बंगलादेशले जित हात पार्ने राम्रो अवसर खेर फालेको छ । तीन खेल खेलेको भारतले दुई खेलमा बराबरी र एक खेलमा हार ब्योर्दै २ अंक बनाएर समूह ‘ई’ को चौथो स्थानमा छ । बंगलादेश भने तीन खेलमा एक खेलमा बराबरी र दुई खेलमा हार ब्यहोर्दै एक अंक बनाएर समूहको पुछारमा छ । समूहको शीर्ष स्थानमा कतार रहँदा दोस्रोमा ओमान र तेस्रो स्थानमा अफगानिस्तान छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment