Comments Add Comment

बहिनी अन्माउँदा रोएबापत दाईलाई सजायँ

आफ्ना दिदी बहिनीलाई बिहे गरी अन्माउँदा जो कोही दाजुभाईको मन रुन्छ । कतिपय दाजुभाईले त आँशु थाम्नै सक्दैनन् र क्वाँ क्वाँ रुन थाल्छन् । सहोदर दिदी बहिनीलाई विदाई गर्दा दाजुभाईले आँशु झार्नु स्वभाविक हो । तर रुसको चेचेन्यामा चाहीँ बहिनीको बिहेमा रोएबापत एकजना दाईले सजायँ भोग्नुपरेको छ ।

बहिनीको विवाहको रोएको अभियोगमा एकजना पुरुषलाई सार्वजनिक रुपमा माफी मगाइएको छ ।

गत हप्ता एउटा भिडियो भाइरल बनेको थियो, जहाँ बहिनीको विदाईका बेला एकजना दाई रोइरहेको देखिन्थ्यो । तर त्यसरी रुनु चेचेन्याको परम्परा विपरित हुँदो रहेछ । ती दाईको रुवाई भिडियोमा सार्वजनिक भएपछि त्यसले ठूलै विवाद सिर्जना गर्यो । धार्मिक नेता रमजान कदीरोवका अनुसार बिहेको बेला रोएर ती युवकले चेचेन्याको परम्पराको उल्लंघन गरेका छन् ।
एक त बहिनीको बिहेमा दाई जानै नपाइने रहेछ । अझ गएर रोइदिएपछि त नियमको घोर उल्लंघन नै भयो । अन्ततः ती युवकमाथि कारवाही गर्ने निधोमा गाउँ पुग्यो । सजायँ स्वरुप ती युवकले सार्वजनिक रुपमा माफी मागे ।

ती युवकले माफी मागेको भिडियो पनि सोसल मिडियामा चर्चित भएको छ ।
समाचार अनुसार चेचेन समुदायमा बिहेका बेला मानिसहरुले आफ्ना भावना प्रदर्शन गर्नु राम्रो मानिँदैन, चाहे त्यो पुरुष होस् वा महिला ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment