Comments Add Comment

जहाँ कुकुर र बिरालोले समेत रक्तदान गर्दछन्

रक्तदान जिवनदान भनिन्छ । रक्तदान भन्ने बित्तिकै मान्छेले आफ्नो रगत दान दिनु बुझिन्छ । तर अब रक्तदान केवल मानव रक्तको दानमा मात्र सिमित रहेन । किनकी अब कुकुर र बिरालोले समेत रक्तदान गर्न थालेका छन् ।

विश्वमा केही यस्ता देश छन् जहाँ कुकुर बिराला जस्ता घरपालुवा जनावरहरुको रगत बैंकको स्थापना गरिएको छ । यी ब्लड बैंकमा धेरैजसो कुकुर तथा बिरालोको रगत पाइन्छ । किनकी मानिसहरुले घरमा साथी जनावर अर्थात् पेटको रुपमा कुकुर वा विरालो नै पाल्ने गर्दछन् ।
जब कुनै कुकुर वा बिरालो बिरामी अर्थात् घाइते भएर रगतको आवश्यकता पर्दछ तब यहीँ ब्लड बैंकमा रहेको अरु कुकुर तथा विरालोको मिल्दो रगत काम लाग्दछ ।

तपाईंलाई थाहा नहुन सक्दछ, कुकुर तथा बिरालोहरुमा समेत मानिसकै जस्तै फरक फरक प्रकारको ब्लड ग्रुप हुन्छ । कुकुरमा १२ प्रकारको रक्त समूह हुन्छ र बिरालोमा ३ प्रकारको ।

अमेरिकाको क्यालिफोर्नियाको डिक्स तथा गार्डन ग्रोभ सहरका अलावा मिशिगनको स्टकब्रिज, भर्जिनिया, ब्रिस्टो तथा म्यारिल्याण्डको अन्नापोलिस सहर समेत अमेरिकाका कैयन् सहरमा पशु ब्लड बैंक रहेको छ । त्यहाँका मानिसहरु समय समयमा ती ब्लड बैंकमा गएर आफ्ना पाल्तु जनावरको रक्तदान गराउँदछन् ।

पशुको रक्तदान प्रक्रियामा झण्डै आधा घण्टाको समय लाग्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment