Comments Add Comment

पारसलाई अमेरिकाकी राजदूतको यस्तो सन्देश

२९ असोज, काठमाडौं । पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानी त्यागेपछि धेरैले प्रतिक्रिया जनाइरहेका छन् । साथै सामाजिक सञ्जालमा ‘थ्यांक यु पारस’ ह्यास ट्याग ट्रेन्डिङ भइरहेको छ ।

यही लाममा मिसिएका छन् नेपाल स्थित अमेरिकी राजदूत रान्डी बेरी । उनले थ्यांक यु पारस ह्यास ट्यागका साथ आज टि्वट गरेका हुन् । बेरीले लेखेका छन्, ‘नेपाली राष्ट्रिय क्रिकेट कप्तानका रुपमा शानदार पारीका लागि म पारसलाई बधाई दिन चाहन्छु । उनको भावि योजना, एउटा खेलाडीका रुपमा समेत, का लागि शुभकामना छ ।’

बेरीले आफूलाई क्रिकेटको ज्ञान दिलाउन पारसले समय निकालेको भन्दै विशेष धन्यवाद दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment