Comments Add Comment

ओमन सरकारलाई नेपालमा लगानी गर्न आहृवान

काठमाडौं । ओमन सरकारलाई नेपाली राजदूत सर्मिला पराजुलीले नेपालमा लगानी गर्न आहृवान गरेकी छन् ।

तेल तथा ग्यास मन्त्रालयका सचिव सलिम नासेर अल औफीलाई भेटेर राजदूत पराजुलीले नेपालको पछिल्लो अवस्थाबारे उल्लेख गर्दै लगानीको वातावरण उत्कृष्ठ रहेको जानकारी गराएकी हुन् ।

भेटका क्रममा सचिव नासेरले व्यापार तथा लगानीको क्षेत्रमा सहकार्यको लागि ओमनको प्रतिबद्धताबारे आश्वस्त पारेको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा ओमनको तेल तथा ग्यास मन्त्रालयका बरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment