Comments Add Comment

तिलोत्तमा प्रिमियर लिगमा रेन्बो ज्ञानोदय गोल्ड्स विजयी

२९ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तेस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिगको बुधबारको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्डस् विजयी भएको छ । ज्ञानोदयले रुपन्देही पल्टन्स्लाई ६ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ्ग गरेको रुपन्देही पल्टन्स्ले १६ दशमलव ३ ओभर खेलेर ७६ रनको योगदान गरेको थियो । रुपनदेही पल्टन्स्का दिनेश मगरले १६ र दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए भने अन्य ब्याट्सम्यानहरु खासै चल्न सकेनन् ।

रुपन्देही पल्टन्स्लाई सस्तैमा समेट्न ज्ञानोदयका दिवन पुनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए । ७७ रनको लक्ष्यका साथै ब्याटिङ्ग थालेको रेन्बो ज्ञानोदय गोल्डस्ले १२ दशमलब १ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटेको थियो । ज्ञानोदयका सुनिल धमलाले ३९ र हरजित सिंहले २१ रनको योगदान गरेका थिए । प्रतियोगितामा ज्ञानोदयका दिवन पुन म्यान अफ द म्याच भएभने प्रतिष जिसि मोस्ट भ्यालुएवल प्लेयर बने ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा पाल्पाली लिजेन्डस् र एक्स्पर्ट रोयल शंकरनगरबिच बुधबार नै प्रतिस्पर्धा हुँदैछ । प्रदेश ५ का १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिता कार्तिक ९ गते सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment