Comments Add Comment

पशुपति सेभिङलाई १० लाख जरिवना

२९ असोज, काठमाडौं । सहकारी विभागले पशुपति सेभिङ एण्ड क्रेडिट लिमिटेड, कुमारीपाटीलाई १० लाख जरिवाना गरेको छ ।

सरकारी संघ संस्थालाई जारी गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन उल्लंघन गरेको विभागको ठहर गर्दै जरिवाना गरिएको हो । यो सहकारीले विभाग र राष्ट्र बैंकलाई बार्षिक रुपमा बुझाउनुपर्ने थ्रेस होल्ड ट्रान्जेक्सन रिपोर्ट, सस्पेसियस ट्रान्जेक्सन रिपोर्ट नबुझाएको विभाग स्रोतले बताएको छ ।

यस्तो रिपोर्ट नबुझाउने अरु सहकारीमाथि समेत अनुसन्धान भइरहेको एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment