Comments Add Comment

विश्वभर सञ्चालित नेपाली रेष्टुरेन्टको विवरण संकलन सुरु

२९ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्ड र लण्डनस्थित नेपाली दूतावासले विश्वभर संचालनमा रहेका रेष्टुरेन्टको विवरण संकलन थालेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने गरी यूरोपबाट उक्त अभियान थालनी भएको नेपाल पर्यटन बोर्डको विश्वव्यापी अभियान एक्सपेरियन्स नेपाल–कजिन एण्ड कल्चर’का संयोजक दीपेश शाक्यले जानकारी दिए । नेपाली रैथाने परिकारलाई विश्वव्यापी फैलाउने उद्देश्यसहित यो अभियान शुरु भएको हो ।

उनका अनुसार अहिले यूरोपका विभिन्न मुलुकमा सञ्चालित रेष्टुराँको विवरण संकलन गरी वेवसाइटमा अपडेट गर्ने काम भइरहेको छ । अहिलेसम्म ५ सय ३ वटा नेपाली रेष्टुराँ यस डाटावेशमा समावेश भइसकेका छन् ।

वेवसाइटमा रेष्टुरेन्टको नाम र ठेगानासमेत उल्लेख गरी राख्न थालिएको छ । यसबाहेक रेष्टुराँको विशेषता, त्यहाँ उपलब्ध परिकार र त्यसले दिने सुविधालाई समेत उल्लेख गर्न लागिएको छ । यूरोपमा मात्र ७ सय रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् । यी रेष्टुरेन्टले वार्षिक १० लाख भन्दा बढी ग्राहकलाई सेवा दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment