Comments Add Comment

नेकपाको चियापानमा बामदेवलाई प्रश्न : प्रचण्ड कहिले प्रधानमन्त्री बन्नुहुन्छ ?

२९ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य बामदेव गौतमले केपी शर्मा ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने बताएका छन् ।

दशैं, तिहार, नेपाल सम्बत र छठको पर्वका अवसरमा पार्टीले बुधबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले तत्कालीन एमाले र माआवादीबीच भएको सहमति कार्यान्वयन हुने बताएका हुन् ।

पत्रकार र गौतमबीचको सवालजजवाफ

पत्रकार : प्रचण्ड कहिले प्रधानमन्त्री बन्नुहुन्छ ?

गौतम : वर्तमान प्रधानमन्त्री ओलीपछि

पत्रकार : ओली र प्रचण्ड साढे दुई–साढे दुई बर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको हो ?

गौतम : हो

पत्रकार : त्यो सहमति कार्यान्वयन हुन्छ ?

गौतम : कार्यान्वयन हुनुपर्छ ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी भद्र सहमति भएको सार्वजनिक भएको थियो । यसको कार्यान्वयन हुने/नहुने भन्नेमा सत्तारुढ नेकपाका नेताहरु नै अन्योलमा रहेका बेला नेता गौत्तमले ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका हुन् । तर, उनले कहिले प्रचण्ड प्रधानमन्त्री बन्छन भन्ने विषयमा भने केही भनेनन् ।

‘म उपचुनाव लड्दिन’

नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख समेत रहेका नेता गौतमले आगामी १४ मङ्सिरमा हुने उपचुनावमा आफू कतैबाट पनि नउठ्ने बताएका छन् ।

१४ मङ्सिरमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि उपचुनाव हुँदैछ । २०७४ को चुनावमा गौतम बर्दिया १ बाट पराजित भएका थिए । त्यसपछि उपचुनाव जितेर संसदमा जान उनले किनै प्रयत्न गरे । पछिल्लो पटक कास्की २ मा उम्मेदवार हुन खोजेका थिए ।

तर हालै मात्र उनले अब उम्मेदवार नहुने बताएका छन् । गौतमले भने, ‘म उपचुनाव लड्दिन ।’

‘५ बर्षभित्र भ्रष्टाचार अन्त्य हुन्छ’

नेकपा नेता गौतमले आगामी पाँच बर्षभित्र भ्रष्टाचार अन्त्य हुने दाबी पनि गरे । भ्रष्टाचार मौलायो भनेर सरकारको आलोचना भइरहेको छ नि ! भन्ने पत्रकारको प्रश्नमा गौतम भन्छन्, ‘सरकार सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य लगर्ने दिशामा छ । अबको पाँच बर्षभित्र भ्रष्टाचार अन्त्य हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment