Comments Add Comment

गाडीको ठक्करबाट भक्तपुरमा पैदल यात्रुको मृत्यु

३० असोज, काठमाडौं । भक्तपुरमा गाडीको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । ओखलढुंगाको लिखु गाउँपालिका-६ घर भइ हाल मध्यपुर थिमि नगरपालिका-४ एसएस चोक बस्दै आएकी ७६ वर्षीय लक्ष्मी देवी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भट्टराईलाई बिहीबार विहान करिब सवा ७ बजे एसएस चोकस्थित काठमाडौंतर्फ आउँदै गरेको बा१४च १६८६ नम्बरको गाडी (बोलेरो)ले ठक्कर दिएको थियो । उनलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएका छ ।

गाडी चालक काभ्रे बेथानचोक गाउँपालिका-३ घर भइ काभ्रेकै भैसेपाटी बस्ने २४ वर्षीय बिनोद घिमिरेलाई महानगरीय प्रहरी वृत्त थिमीले नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment