Comments Add Comment

हिरासतमा रहेका व्यक्ति छुटाउन रकम असुल्ने पक्राउ

२९ असोज, कैलाली । कैलाली प्रहरीको नियन्त्रणमा रहेको व्यक्तिलाई छुटाइदिने भन्दै पैसा लिने र दिने ७ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।

२७ असोजमा प्रहरीले भारतबाट अवैध तरिकाले दुई क्विन्टल माछा ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई छुटाइदिने भन्दै पैसा लिएका धनगढी उपमहानगरपालिका-२ बस्ने गुड्डु सिंह भन्ने सुमित सिंह, ३ नम्बरका विनोद शर्मा, २ का सुमन शर्मा, १ का बब्लु राइन भन्ने हरिष कवाडीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, भारतको लखिमपुर खिरीका काले भन्ने हाइदर अली, अकबर अली र मोहम्मदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुमित र विनोदले पक्राउ परेका व्यक्तिका आफन्तहरुलाई भारतको पलियाबाट धनगढी बोलाएर नगद ५९ हजार रुपैयाँ र ४१ हजार रुपैयाँको चेक लिएका थिए ।

उनीहरुले जिल्ला प्रहरी कार्यालयमा आएर छुटाएको जस्तो भ्रम सिर्जना गरेको तर नसकेपछि आफन्तलाई पैसा फिर्ता गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment