Comments Add Comment

विवाहेत्तर सम्बन्धका कारण आमाछोरीको हत्या

३० असोज, उदयपुर । उदयपुरमा आमाछोरीको हत्यामा विवाहेत्तर सम्बन्धमा रहेका युवकको संलग्नता खुलेको छ ।

असोज २४ गते हत्या गरिएकी त्रियुगा नगरपालिका ९ चौकीबारीकी ३० वर्षकी शारदाकुमारी चौधरी र उनकी ९ वर्षकी छोरी रचनाको हत्या आरोपमा लाहान नगरपालिका ८ का ४० वर्षका रामहरि साह पक्राउ परेका छन् । मृतक शारदाका श्रीमान वैदेशिक रोजगारीमा छन् ।

शारदा र र रामहरिबीच प्रेम सम्बन्ध थियो । पछिल्लो समय शारदाले फोन नउठाउने, झर्केर बोल्ने र आफूलाई बेवास्ता गरेकाले हत्या गरेको रामहरिले बयान दिएका छन् । ‘विवाहेत्तर सम्बन्धका कारण घटना भएको देखिन्छ, प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले भने ।

मृतकको दुई छोरीमध्ये ठूलीलाई भने घटनाको अघिल्लो दिन शारदाकी बहिनीले आफ्नो घरमा लगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment