Comments Add Comment

विप्लव समूहका दुई नेता नवलपुरबाट पक्राउ

१ कात्तिक, नवलपरासी । नेत्रविक्रम चन्द विप्लव समूहका दुई नेता नवलपरासीपूर्वबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासीपूर्वबाट खटिएको प्रहरी टोलीले मध्यविन्दु नगरपालिका–१०, मजुवाखोलाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

पछिल्लो समय विप्लव समूहका नेता–कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । बिहीबार मात्रै दाङबाट उसका २१ नेता पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment