Comments Add Comment

रुपन्देही उद्योग संघको अध्यक्षमा बाबुराम निर्बिरोध, महासचिवमा काफ्ले विजयी

१ कात्तिक, बुटवल । रुपन्देही उद्योग संघको महासचिवमा जिवकान्त काफ्ले विजयी भएका छन् । लोकतान्त्रिक प्यानलका काफ्लेले ३५९ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी शिव कुमार पाठकले ३३९ मत प्राप्त गरे ।

संघको अध्यक्षमा भने बाबुराम बोहोरा यसअघि नै निर्बिरोध निर्वाचित भैसकेका थिए । २१ औं अधिबेशनबाट अध्यक्ष बोहोरासहित बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्धितीय उपाध्यक्ष यसअघि नै निर्बिरोध निर्वाचित भएका हुन् ।

यस्तै, कोषध्यक्षमा वामपन्थी प्यानलका हरिबहादुर खत्री बिजयी भएका छन् । खत्रीले ३८२ मत ल्याउँदा उनका प्रतिद्वन्दी दीपक खनालले ३१४ मत प्राप्त गरेका थिए ।
सचिवमा ३९२ मतका साथ हिरामणी भट्टराई विजयी भएका छन भने उनका प्रतिद्वन्दी चन्द्रकान्त खनालले ३०५ मत प्राप्त गरे ।

महिला सचिवमा माया खनाल १ मतको अन्तरले बिजयी भएकी छन् । खनालले ३४७ मत ल्याउँदा उनका प्रतिद्धन्दी रेनुका खरेलले ३४६ ल्याइन् ।

त्यसैगरी सहकोषध्यक्षमा गिरीराज गैरे निर्वाचित भएका छन् । गैरेले ३५५ मत ल्याउँदा उनका प्रतिद्धन्दी माधव रेग्मीले ३३६ मत प्राप्त गरे ।

संघको महिला सदस्यहरुमा मञ्जु भुसाल, रमा पौडेल पराजुली निर्वाचित भएका छन् । सिद्धार्थ नगरपालिका क्षेत्र सदस्यमा यादव गैरे निर्वाचित भएका छन भने योगिकुटी-पडसरी क्षेत्रबाट ऋषिराम भण्डारी र विशाल बेल्बासे निर्वाचित भएका छन् ।

पश्चिम क्षेत्र सदस्यमा यमलाल भट्टराई र खड्कबहादुर कुँवर निर्वाचित भएका छन भने पूर्वक्षेत्र सदस्यमा रमेशचन्द्र रेग्मी निर्वाचित भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यतर्फ सरला भण्डारी, माधवप्रसाद नेपाल, सुरेन्द्र ज्ञवाली, सन्दिप सापकोटा, नारायण पाठक, युवराज आचार्य, प्रेमबहादुर आले, लालबहादुर थापा, बसन्त ढकाल विजयी भउको निर्वाचन समितिले जानकारी दिएको छ ।

२०३५ सालमा स्थापना भएको संघमा १ हजार ३० जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment