Comments Add Comment

सर्फराज टेष्ट र टी–२० क्रिकेटको कप्तानबाट हटाइए

१ कात्तिक, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले सर्फराज अहमदलाई टेष्ट र टी–२० क्रिकेटको कप्तानबाट हटाएको छ ।

बोर्डले आज सर्फराजलाई हटाउदै टेष्ट क्रिकेटको कप्तानमा अग्रपंक्तिका ब्याट्सम्यान अजहर अली र टी–२० क्रिकेटमा बाबर अजामलाई कप्तानमा नियुक्त गरेको छ । तर एकदिवसीय क्रिकेटको कप्तानमा भने सर्फराज नै रहने छन् ।

पाकिस्तानले यही नोभेम्बरमा अष्ट्रेलियासँग तीन खेलको टी–२० सिरिज र दुई खेलको टेष्ट सिरिज क्रिकेट खेल्दैछ ।

टेष्ट क्रिकेटको कप्तानीको जिम्मेवारी पाएपछि आफ्नो लागि ठूलो अवसर भएको भन्दै अलीले सर्फराजले निकै राम्रो तरिकाले कप्तानको भूमिका निभाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment