Comments Add Comment

पूजालाई के को डर ?

पूजा शर्मालाई सफल नायिकाको रुपमा हेर्ने गरिन्छ । स्टारडम भएकी नायिकामध्ये एक नायिका हुन्, पूजा । ‘प्रेम गीत’बाट चर्चामा आएकी पूजालाई ‘म यस्तो गीत गाउँछु, रामकहानी’ लगायतका चलचित्रले अझै उचाइमा पुर्याएका छन् ।

यसैले त उनलाई अहिले चलचित्रमा लिनका लागि निर्माताले राम्रै रकम खर्च समेत गर्ने गरेका छन् । कात्तिक ८ गतेबाट पूजा अभिनित नयाँ चलचित्र ‘पोइ पर्यो काले’ रिलिजको तयारीमा छ । तर, यो चलचित्रको भूमिकामा आफूलाई दर्शकले नरुचाउने कुरामा पूजालाई निकै डर लागिरहेको छ । पूजा भन्छिन्–‘चलचित्रको पहिलो हाफमा त म पूर्ण रुपमा नेगेटिभ क्यारेक्टर जस्तो देखिन्छु । मेरो क्यारेक्टरलाई कसैले मन पराउनु हुन्न होला । मलाई यो कुराले डर लागिरहेको छ ।’

पूजालाई प्राय लभस्टोरी चलचित्रमा देख्ने गरिन्छ । तर, यो चलचित्र भने पूर्ण रुपमा कमेडी कथामा बनेको छ । आखिर पूजालाई कमेडी चलचित्रमा काम गर्ने इच्छा किन भयो त ? पूजा भन्छिन्–‘कलाकार भएपछि सधै एउटै किसिमको काम गर्नुहुन्न । त्यसैले केही नयाँ काम गर्ने इच्छा भएर नै यो चलचित्रमा काम गरेकी हुँ ।’ चलचित्रको विषयबस्तु पूजाको पहिलो आकर्षण थियो ।

शिशिर राणाको निर्देशनमा बनेको यो चलचित्रमा सौगात मल्ल, श्रृष्टि श्रेष्ठ र आकाश श्रेष्ठको पनि मुख्य भूमिका छ । किरण नेपालीको प्रस्तुतकर्ता रहेको यो चलचित्रमा राजिव गुरुङ ‘दीपक मनाङेगे’ र सरोज नेपालीको लगानी छ । चलचित्रको कार्यकारी निर्माता अमला देवी राई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment