Comments Add Comment

लिगलिगकोट चिनाउन मोटरसाइकल यात्रा

१ कात्तिक, गोरखा । ऐतिहासिक ठाउँ लिगलिगकोट प्रवर्द्धनका लागि पूर्वको यात्रा गरेका स्थानीय युवाहरुले यस बर्ष पश्चिम नेपालको यात्रा गरेका छन् । पालुङटारदेखि महाकालीसम्म ६ दिनको मोटरसाइकल यात्रा गरिएको यात्रामा सहभागी किरण गिरीले बताए ।

‘यहाँबाट पोखरा हुदै पहिलो दिन स्याङजाको कालिगण्डकी गाउँपालिका मिर्मीमा बास बस्यौं,’ उनले भने, ‘दोस्रो दिन कालिगण्डकी करिडोर हुदै रिडीको रुरु क्षेत्र, पाल्पाको रानीमहलबाट वुटवल झरेर दाङको राप्ती गाउँपालिका देउखुरीमा आयौं ।’

तेस्रो दिन बाँके, वर्दिया हुदै नेपालको पश्चिम सीमा महाकालीको चाँदनी दोधारा पुगेको उनले बताए । आफूहरु पुगेको ठाउँमा जनप्रतिनिधि र स्थानीयसँग छलफल र भेटघाट गर्दै लिगलिगकोट घुम्न निम्ता दिएको उनले जानकारी गराए ।

‘हामी पुगेको ठाउँमा नेपाल एकीकरणको उद्गम थलो लिगलिगकोटको बारेमा जानकारी गराउदै पर्चा पम्प्लेट पनि बड्यौ,’ उनले भने । सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाइ पनि लक्षित गरी यात्रा गरिएको उनले बताए । व्यक्तिगत खर्चमा यात्रा गरेका युवाहरुलाई केही ठाउँमा स्थानीय तहले खाने वस्ने व्यवस्था गरेको थियो ।

अघिल्लो बर्ष पूर्वको टिष्टासम्मको यात्रा गरिएको गिरीले बताए । ‘पहिलो यात्रा गर्दा हामी पुगेको ठाउँका मानिसहरु फेसबुुकमा जोडिएर हामीलाई सम्पर्क गर्दै लिगलिगकोट घुम्न आउन थाल्नुभएको छ, यो दोस्रो यात्राले पर्यटन प्रवद्र्धनमा थप सघाउ पुग्ने अपेक्षा लिएका छौ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment