Comments Add Comment

स्कटल्यान्डमाथि सिंगापुरको सनसनीपूर्ण जित

१ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सिंगापुरले बलियो टिम स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको छ ।

शुक्रबार सुरु भएको विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरले स्कटल्यान्डमाथि दुई रनको रोमाञ्चक जित हात पारेको हो । १६९ रनको चनुनौती पछ्याउँदै ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६६ रन मात्रै बनाउन सक्यो ।

जितको लागि स्कटल्यान्डलाई अन्तिम ६ बलमा ८ रन आवश्यक थियो भने अझै चार विकेट बाँकी नै थियो । क्रिजमा सेट भइसकेका ब्याट्सम्यान क्यालुम म्याक्लोड ४४ रन बनाएर खेलिरहेका थिए । स्कटल्यान्डको जित पक्का जस्तै थियो ।

अन्तिम ओभर बलिङ गर्न अम्जाद मेहबुब आए । जसले सिंगापुरलाई नसोचेको नतिजा दिलाए । उनले १९.३ ओभरमा म्याक्लोडको विकेट लिएपछि १९.५ ओभरमा सफयान शारिफलाई आउट गराए । अन्तिम बलमा एलस्डर इभान्स रन आउट भएसँगै सिंगापुरले रोमाञ्चक जित हात पारेको हो ।

स्कटल्यान्डका लागि जर्ज मुन्सीले ४६ र कप्तान केल कोएट्जरले ३८ रन बनाए ।

यसअघि यूएईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment