Comments Add Comment

ऋतुको अर्धशतकमा चितवनको दोस्रो जित

१ कात्तिक, काठमाडौं । चितवन राइनोजले महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिता (डब्लुसीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा चितवनले ललितपुर फाल्कोन्सलाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । चितवनको यो दोस्रो जित हो । यसअघि चितवनले आफ्नो पहिलो खेलमा क्याट क्वीन्स काठमाडौंलाई पराजित गरेको थियो । यता ललितपुरले यसअघि विराटनगरसँग हार ब्यहोरेको थियो ।

१३६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले १७.१ ओभरमा सबै विकेटको क्षतिमा ४६ रन मात्रै बनाउन सक्यो ललितपुरका लागि कप्तान नेरी थापाले १७ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् ।

बलिङतर्फ चितवनकी कविता गौतमले तीन र ऋतु कनौजियाले दुई विकेट लिइन् ।

ऋतुको अर्धशतक

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १३५ रन बनाएको थियो । चितवनकी लागि ऋतु कनौजियाले अविजित ५८ रन बनाउँदै अर्धशतक पूरा गरिन् ।

ऋतुकै उत्कृष्ट अलराउण्डर प्रदर्शनमा चितवनले जित हात पारेको हो ।

अर्धशतक बनाउने क्रममा ऋतुले ५५ बलको सामना गर्दै आठ चौका प्रहार गरिन् । त्यस्तै, पियारी चौाधरीले अविजित २२ र काजल श्रेष्ठले १५ रनको योगदान दिइन् ।
प्रतियोगितामा यो तेस्रो अर्धशतक हो । यसअघि रुविना क्षेत्री र ज्योति पाण्डेले अर्धशतक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment