Comments Add Comment

२८ किलो चाँदीका गरगहनासहित २ जना पक्राउ

१ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्सा र बाराबाट झण्डै २८ किलो चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट ८ किलो ८ सय ८० ग्राम चाँदीका गरगहना सहित एक जनालाई पक्राउ गरेको हो । सप्तरी नेगरा ३ घर भई चितवनको खैरहनी नगरपालिका ८ बस्ने ४५ बर्षिय अंगद सहनीलाई चाँदीका गरहगनासहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका– १६ स्थित रजतजयन्ती ईलाका क्षेत्रबाट शुक्रबार दिउँसो उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । ‘चाडवाडको मौसम छ, झोलामा पटाका लुकाएर ल्याउन सक्छन् भनेर चेकजाँचमा कडाइ गरिरहेका छौं,’ उनले भने, ‘ त्यही क्रममा एउटा अटो रिक्सामा आउँदै गरेका सहनीले बोकेको आलुको झोला चेकजाँच गर्दा चाँदी जस्तै देखिने मिश्रित चाँदीका गरगहना भेटियो ।’

त्यस्तै सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ क्षेत्रबाट १९ किलो १ सय ग्राम चाँदीका गरगहनासहित अर्का एक जनालाई पक्राउ गरेको छ । बारागढी गाउँपालिका ६ भवानीपुर बस्ने ३२ बर्षीय मुख्ती साहलाई चाँदीका गरगहनासहित पक्राउ गरिएको हो ।

मोटरसाइकलमा आलुको बोराभित्र मिश्रित चाँदीको गरगहना ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको सिम्रौनगढ नगरपालिका ७ सतुअही नाकास्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गोलागञ्जका सशस्त्र प्रहरी निरीक्षक कबीर मल्लले जानकारी दिए ।

बरामद गरिएको चाँदी सहित अभियुक्तद्वयलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment