Comments Add Comment

एल क्लासिको खेल स्थगित

१ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एल क्लासिको खेल स्थगित भएको छ ।

स्पेनिस फुटबल महासंघले यही अक्टोबर २६ गते रियल  मड्रिड र बार्सिलोनाबीच हुने खेल स्थगित गरेको हो । क्याटलोनिया स्वतन्त्रतालाई लिएर ९ जना नेताहरुलाई जेल हालेपछि बार्सिलोनामा विरोध प्रदर्शन भइरहेको छ ।

यहि कारणले गर्दा खेलकै दौरानमा अप्रिय घटना हुन सक्ने भन्दै स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीचको खेल स्थगित गरेको हो ।

बार्सिलोनाको मैदानमा हुने भनिएको खेल यसअघि महासंघले रियल मड्रिडको मैदानमा गर्ने प्रस्ताव राखेको थियो । तर दुबै क्लबले मानेको थिएन ।

स्थगित भएको खेल डिसेम्बर १८ मा गर्ने नयाँ मिति प्रस्ताव गरिएको छ । तर सोमबार बस्ने बोर्ड बैठकले यसको निर्णय लिने बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment