Comments Add Comment

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को सुरुवात

१ कात्तिक, काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंकले युवा वर्गलाई लक्षित गरी आरबीबी इम्पावरमेन्ट एकेडेमीको सुरुवात गरेको छ। फाईनासियल ट्रेनिङ्ग सेन्टरको रूपमा अगाडि लैजाने उद्देश्यले आजबाट सुरु गरिएको यस एकेडेमीबाट सबैले लाभ लिन सक्नेछन्।

एकेडेमीले कात्तिक १ गतेबाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा सञ्चालन गर्दैछ। पहिलो चरणको ट्रेनिङ प्रदेश ३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आह्वान गरेको छ।

वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन्। वित्तीय क्षेत्रका अनुभवी बैंकरहरूद्धारा निःशुल्क रूपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग काठमाडौंस्थित तालिम केन्द्रमा आगामी कात्तिक २२, २३ र २४ गते आयोजना हुनेछ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले युवाहरूको वृत्ति विकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले सामाजीक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम केन्द्रको सुरुवात गरिएको बताए। सम्भवत नेपालमै पहिलो पटक बैंकले निःशुल्क रूपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरू निकट भविश्यमै अन्य प्रदेशहरुमा पनि संचालन गरिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment