Comments Add Comment

भारतले रोकेपछि नेपालमा चीनबाट भित्रिन थाल्यो प्याज

१ कात्तिक, काठमाडौं । भारत सरकारले प्याज निर्यात रोकेपछि नेपाली बजारमा चिनिया प्याज भित्रिन थालेको छ । भारतले प्रतिबन्ध लगाए लगत्तै रसुवागढी नाका भएर असोजमा मात्रै साढे दुई लाख किलो हाराहारी प्याज आयात भएको छ ।

रसुवागढी भन्सार कार्यालयका अधिकृत पुण्य बिक्रम खड्का अनुसार यस नाकाबाट एक महिनामा २ लाख ३८ हजार ५ सय ८० किलो प्याज आयात भएको हो । खड्काका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा यो नाका भएर प्याज आयात भएको थिएन ।

नेपाली व्यावसायीले प्रस्तुत गरेको भन्सार बिजक अनुसार असोज महिनामा आयात भएको प्याज १ करोड २२ लाख ५१ हजार रुपैयाँ भन्दा धेरैको हो । ताराबहादुर बस्नेत र लाक्पा छिरिङ्ग नाम गरेका दुई जना व्यवसायीले चीनबाट प्याज भित्र्याएको रसुवागढी भन्सारको अभिलेखमा छ । आर्थिक वर्ष ०७५/०७६ मा नेपालले १६ करोड ७९ लाख केजी प्याज आयात गरेको थियो ।

भारतको केन्द्र सरकारले मूल्य आकासिन थाले पछि असोज १२ गते देखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । निर्यातका कारण स्थानीय बजार मूल्य बढेर प्रतिकिलो ८० रुपैयाँ भारु पुग्न थाले पछि निर्यात रोकिएको भारत सरकारको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment