Comments Add Comment

स्कटल्याण्डमाथि सिंगापुरको सनसनीपूर्ण जित

काठमाडौं । सिंगापुरले टी–२० विश्वकप छनोटको पहिलो खेलमै सनसनीपूर्ण जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा सिंगापुरले बलियो टोली स्कटल्याण्डमाथि दुई रनको रोमाञ्चक जित हात पारेको हो ।

जुलाईमा भएको एसिया फाइनलमा नेपाललाई हराएर ग्लोबल छनोटमा पुगेको सिंगापुरले हालै मात्र त्रिकोणात्मक सिरिजमा जिम्बाब्वेलाई हराएको थियो ।

दुबईमा भएको खेलको अन्तिम ओभरमा स्कटल्याण्डलाई जितका लागि ८ रन चाहिएको थियो । तर अमजद महबूबले उत्कृष्ट बलिङ गरे । पहिलो बलमा रन दिएनन् । दोस्रो बलमा एक रन दिए । तर तेस्रो बलमा ४४ रनमा खेलिरहेका क्यालम म्याक्लाउडको विकेट लिए । चौथो बलमा स्कटल्याण्डले २ रन जोड्यो र जितका लागि मात्र ३ रन चाहिएको थियो ।

तर महबूबले दुबै बलमा विकेट लिँदै सिंगापुरलाई दुई रनको रोमाञ्चक जित दिलाएका छन् । स्कटल्याण्डका जोर्ज मान्जीले ४६ र काइल कोट्जरले ३८ रन जोडे ।

सिंगापुरका एस विजयकुमारले ३ विकेट लिँदा महबूब र सिद्धान्त सिंहको नाममा २–२ विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुरले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ५१ रन बनाएका थिए भने अरित्र दत्तले ३२ रन जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment