Comments Add Comment

अफगानिस्तानको मस्जिदमा विष्फोट हुँदा ६२ जनाको मृत्यु

२ कात्तिक, काठमाडौं । अफगानिस्तानमा शुक्रबारको नमाज चलिरहेको बेला एक मस्जिदमा बम विष्फोट हुँदा ६२ जनाको मृत्यु भएको छ । अन्य ३६ जना घाइते भएका छन् ।

पूर्वी नांगरहार प्रान्तको एक मस्जिदमा प्रार्थना चलिरहेको बेला बम विष्फोट भएको हो । विष्फोटपछि मस्जिदको छत खसेको थियो ।

यो क्षेत्र इस्लामिक स्टेट र तालिबान दुवै लडाकू समूह सक्रिय रहेको क्षेत्र हो । यद्यपि विष्फोटको जिम्मा उनीहरुले लिएका छैनन् ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा आम सर्वसाधारणको मृत्युको संख्या बढेको रिपोर्ट सार्वजनिक भएको बेला यो घटना भएको छ । राष्ट्रसंघका अनुसार सेप्टेम्बरको मध्यसम्ममा कमसेकम १ हजार १ सय ७४ नागरिक मारिएका छन् । सन् २०१९ सबैभन्दा धेरै मानिस मारिएको वर्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment