Comments Add Comment

ब्रेक्जिट डिल डिले गर्ने पक्षमा उभियो बेलायतको संसद

काठमाडौं । बेलायतका सांसदहरुले ब्रेक्जिट डिललाई डिले गर्ने पक्षमा मतदान गरेका छन् । यसले ब्रेक्जिट डिल पास गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव पास हुन सकेन ।

तर जोनसनले युरोपीय युनियनसँग थप समय माग गर्न अस्वीकार गरेका छन् । ब्रिटेनले ब्रेक्जिट डिल वा नो डिलका लागि ३१ अक्टोबरसम्म ईयूलाई निर्णय दिइसक्नुपर्छ ।

सेप्टेम्बरमा सत्तारुढ कन्जरभेटिभ पार्टीका विद्रोही सांसदहरले विपक्षीसँग मिलेर सरकारलाई संसदमा हराएको थियो । जुलाईमा प्रधानमन्त्री बोका जोनसनको संसदमा यो पहिलो परीक्षा थियो ।

तर ब्रेक्जिटबारे एक प्रस्तावमा भएको भोटिङमा ३०१ सांसदले समर्थन गरे भने ३२८ ले विरोध ।

प्रधानमन्त्री जोनसनले भनेका डिल भए पनि नभएपनि ३१ अक्टोबरसम्म ईयूबाट ब्रिटेन अलग हुने बताएका छन् । अब यो समयसीमालाई टार्न विद्रोही र विपक्षी सांसदले बुधबार एक बिल ल्याउन सक्छन्, जसलाई दुबै संसदले पारित गरे कानून बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment